कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै उनले वन्यजन्तुका कारण प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएकी हुन् । मन्त्री चौधरीले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार […]