संखुवासभा– संखुवासभाको मकालु–५ नुमबाट मकालु–२ सेदुवा जाँदै गरेको ट्रक अरुण नदी किरानरमा खस्दा चालक घाइते भएका छन् । अरुण नदी पार गर्ने क्रममा बेलीबृज भाँचिएपछि ट्रक सेदुवातर्फ नदी किनारमा खसेको थियो । उक्त दुर्घटनामा चालकको खुट्टा भाँचिनुका साथै टाउको चोट लागेको बताइएको छ । यसअघि मकालु–१, वालुङ तर्ने बेलीबृजमा पनि यस्तै घटना भएको थियो ।