बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका पाँचजना समर्थक गुडिरहेको गाडीबाट खसेर घाइते भएका छन् । बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा पुगेका बालेनका समर्थकहरू उनलाई पछ्याउने क्रममा गाडीबाट सडकमा खसेर घाइते भएका हुन् । बालेनका समर्थकहरू नेपालगञ्जस्थित राँझा विमानस्थलनबाट बाहिरिने क्रममा गाडीबाट सडकमा बजारिएका थिए । बालेन चुनावी प्रचार गर्न सोमबार नेपालगञ्ज पुगेका […]