त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत सञ्चालनलाई थप सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले नयाँ ‘एअरसाइड सेफ्टी अपरेसन प्रोसिजर’ लागू गरेको छ। विमानस्थलका महाप्रबन्धकबाट स्वीकृत निर्देशिकाअनुसार यात्रुको सुरक्षा, धावनमार्गको निगरानी, फोहर व्यवस्थापन तथा र्याम्प क्षेत्रमा कार्यरत कर्मचारीको अनुशासनलाई थप कडाइ गरिएको छ। नयाँ व्यवस्थाअनुसार विमानस्थलको सुरक्षित तथा प्रतिबन्धित क्षेत्रमा बिना अनुमति […]