किशोरी साहको नाम कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले बिहीबार साहद्वारा दायर गरिएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो। अदालतले अन्तिम निर्णय नभएसम्म सम्बन्धित निकायले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न र गराउन […]