टी-२० विश्वकप २०२६ को ‘एसोसिएट टिम अफ दि टुर्नामेन्ट’मा नेपालका दीपेन्द्रसिंह ऐरी पनि
नेपालले इंग्ल्याण्डलाई निकै दबाबमा राख्दा दीपेन्द्रले २९ बलमा ४४ रन बनाउनुका साथै २ विकेट पनि लिएका थिए। वेस्ट इन्डिजविरुद्ध ५८ रन बनाएका उनले स्कटल्याण्डविरुद्धको जितमा मात्र २३ बलमा ५० रनको विष्फोटक पारी खेले।