‘भ्रष्टचारविरुद्धको कारबाही रोकिँदैन’

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताएकी छन्। जेन-जी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारिन्। नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज (बुधबार) सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, “हामी काम गर्न नै आएको हो। जे सकेको गरिरहेका छौँ। […]