काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई संवाद, सहमति र सहकार्यबाट समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रको असहमतिलाई बृहत्तर एकतामा बदल्नुपर्नेमा जोड दिएका हुन्। देउवाले विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धति मिचिएको आरोप लगाए। उक्त […]