नेपालको बैंकिङ प्रणाली, खराब कर्जा व्यवस्थापन तथा नियामक निकायका रूपमा नेपाल राष्ट्र बैंकको भूमिकालाई लिएर पछिल्ला वर्षहरूमा गम्भीर बहस सुरु भएको छ । विशेषगरी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका ठूला बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गरेपछि बैंकिङ क्षेत्रभित्र लुकेका जोखिमहरू सतहमा आउन थालेका छन् । यसले केवल बैंकहरूको वित्तीय अवस्था मात्र होइन, नियामक निकायको प्रभावकारिता, […]