पूँजीबजार सुधारका लागि लगानीकर्ताको ७ बुँदे सुझाव, बजेटमार्फत नीतिगत स्थायित्वको माग

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजार सुधार, लगानीमैत्री वातावरण निर्माण तथा दीर्घकालीन आर्थिक रूपान्तरणका लागि नेपाल पूँजी बजार लगानीकर्ता संघले सरकार र धितोपत्र बोर्डसमक्ष ७ बुँदे सुझाव पेश गरेको छ। संघका महासचिव एसपी चौलागाईंले नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको सुझावपत्रमा पूँजीबजारलाई राष्ट्रको दीर्घकालीन आर्थिक विकासको रणनीतिक आधारका रूपमा विकास गर्नुपर्ने उल्लेख […]