सुदूरपश्चिम– ‘चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु’, कैलाली निर्वाचन क्षेत्र–५ का मतदाता जागुराम चौधरीले आसन्न चुनावका बारेमा प्रतिक्रिया दिँदै भने, ‘खेतीको समयमा मल पाइँदैन, उत्पादित कृषिउपजको उचित मूल्य पाइँदैन, जोसुकैले चुनाव जिते पनि हाम्रो पीडा बुझिदिने कोही छैन ।’ सोही वडाका स्थानीय रामदिन चौधरीले तीन दशकदेखि […]