काठमाडाैं । नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा युवा स्वरोजगार, महिला सशक्तीकरण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । पार्टीले युवा पुस्तालाई डिजिटल तथा उद्यमशीलतामा जोड्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीको सम्मान गर्ने, किशोरी तथा महिलाको स्वास्थ्य र आर्थिक सशक्तिकरण गर्ने जस्ता महत्वाकांक्षी प्रतिवद्धता अघि सारेको छ […]