तिमी कहिले आउँछौ?

नेपाल आउँछु भनेको दुई दिन अघिदेखि एक्कासि मदनको फोन लाग्न छोड्यो। उनले चलाउने सामाजिक सञ्जालको हरेक आइडीहरू डियाक्टिभ हुन पुग्यो। एकाएक मुनाले बहँदै गरेको खुसीको खोलामा विरहको भेल सुसाउन थाल्यो। चकमन्न दिन नै अँध्यारो रात झैँ हुन लाग्यो।