मुन्सेले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा, भने– वातावरण जादुमयी छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो उपाधि जिताउन निर्णायक भूमिका खेलेका जर्ज मुन्सेले आफूलाई विश्वास गरेर टोलीमा समावेश गरेकोमा धन्यवाद दिएका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै उपाधि जितेको थियो। पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ […]