देश प्राकृतिक विपत्तिमा रोइरहेको छ। हामीले प्रकृतिका नियमहरूलाई बेवास्ता गर्यौँ। हरेक समस्याको समाधान कृत्रिम बनावटबाटै प्राप्त हुन्छ भन्ने भौतिकवादी सोच अँगाल्यौँ। विज्ञानको चरम उपयोग गरेका विकसित देशहरूको सिको गर्दै भौतिक विकासको दौडमा अगाडि बढ्ने क्रममा आज हामीले यस्तो पीडा भोग्नुपरिरहेको छ।