पीएचपीमा सुरक्षा जोखिमपछि नेपालको बैंकिङ क्षेत्रमा असर, राष्ट्र बैंकसहित अनलाइन सेवा अस्थायी बन्द

वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई कारण देखाउँदै नेपाल राष्ट्र बैंकले वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ। नबिल बैंक र एनआईसी एसिया बैंकले पनि सुरक्षा मूल्याङ्कन तथा प्राविधिक सुधारका लागि केही अनलाइन सेवा प्रभावित भएको सूचना सार्वजनिक गरेका छन्। कात्तिक ६ गतेको राष्ट्र बैंकको सूचनामा अत्यावश्यक जानकारीका लागि बैंकको आधिकारिक सामाजिक […]