स्वास्थ्य बीमा बोर्डको सदस्यमा पौडेल, उपाध्याय र मिकरानी नियुक्त

काठमाडौँ। स्वास्थ्य बीमा बोर्डको सदस्यमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन् ।  नवनियुक्त तीनै जना सदस्यले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  शपथ ग्रहणसँगै नवनियुक्त सदस्यहरूले स्वास्थ्य बीमा बोर्डको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।