आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरे दीपेन्द्र

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्। आईसीसीले मंगलबारसम्मको प्रदर्शनलाई आधार बनाएर बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र तेस्रो स्थानबाट चौथोमा झरेका हुन्। उनको रेटिङ अंक भने २५६ मै यथावत् छ। पछिल्लो समय नेपाली टोलीले टी-२०आई अन्तर्राष्ट्रिय खेल नखेलेका कारण दीपेन्द्रको वरियतामा अंक परिवर्तन […]