धनगढी । दार्चुलाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका आठ अभियुक्तलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले जिल्ला अदालत दार्चुलाको थुनछेक आदेश बदर गर्दै आठै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले परमानन्द भट्ट र […]