ब्राइटनलाई ४–३ ले हराउँदै चेल्सीको रोमाञ्चक जित

चेल्सीले इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई ४–३ ले पराजित गरेको छ। स्टेमफोर्ड ब्रिजमा भएको सात गोलको रोमाञ्चक खेलमा चेल्सीले सुरुआती अग्रता जोगाउँदै जित निकालेको हो। खेलको चौथो मिनेटमै रोमियो लाभियाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। १४औँ मिनेटमा पेड्रो नेटोले गोल गरेपछि घरेलु टोली २–० ले अघि बढ्यो। ३२औँ मिनेटमा जोआओ पेड्रोले आफ्नै पूर्व क्लबविरुद्ध गोल गर्दै […]