न्युयोर्कमा सोसाइटी अफ फरेन कन्सल्सले शनिबार आयोजना गरेको अन्तर्राष्ट्रिय खाद्य महोत्सवमा नेपालको महावाणिज्य दूतावासले प्रदर्शन गरेको नेपाली खाना र पेय पदार्थहरूको स्वादमा विश्वका विभिन्न देशका कुटनीतिज्ञहरु र सहभागीहरु रमाए । कार्यक्रममा सहभागीहरूले नेपाली खानाको स्टलमा राखिएका विभिन्न परम्परागत र प्रामाणिक नेपाली परिकारहरूको स्वाद लिए। महावाणिज्य दूतावासले मम, सेल रोटी, आलु दम र नेपाली मसला चिया […]