काठमाडौं । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०२६ सुरु गरेको छ। बुधबार काठमाडौंको ऐतिहासिक बसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै अभियानको औपचारिक सुरुवात गरिएको हो। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जोन्टा क्लबका सदस्य, कलाकार, युवा नेतृत्व तथा सर्वसाधारणको सहभागिता रहेको थियो। तीन युवा नेपाली महिला […]