काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अन्तर्राष्ट्रिय प्रहरीसम्बन्धी कार्यक्रममा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक गएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बैंककमा आयोजना हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि आईजीपी कार्की आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारीसमेत सहभागी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आईजीपी कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]