कोलकाताबाट विराटनगरसम्म पहिलोपटक रेल कार्गो सेवा सुरु, आयात लागत घट्ने अपेक्षा

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवा सञ्चालनमा आएको छ। यससँगै तेस्रो मुलुकबाट आयात हुने मालसामान अब रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिने भएको छ। कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो रेल कार्गो आज हरियो झण्डा देखाएर प्रस्थान गराइएको हो। उद्घाटन कार्यक्रममा नेपाली महावाणिज्यदूत झक्कप्रसाद […]