प्योङयाङ- पश्चिमी प्रतिबन्ध र भू–राजनीतिक दबाबबीच उत्तर कोरिया र बेलारुसले आफ्नो सम्बन्धलाई औपचारिक रूपमा नयाँ उचाइमा पुर्याएका छन् । दुई देशका नेताहरूले ‘मित्रता र सहयोग’ सन्धिमा हस्ताक्षर गर्दै द्विपक्षीय सहकार्यलाई सुदृढ गर्ने सन्देश दिएका छन् । यसलाई बदलिँदो विश्व शक्ति सन्तुलनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ । प्योङयाङमा भएको भेटवार्ताका क्रममा उत्तर कोरियाली नेता किम […]