गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण कागजात र फर्निचरका सामानहरू आन्तरिक राजस्व कार्यालय सिमरा (बारा) लैजान खोजिएपछि शुक्रबार गौरमा तनाव उत्पन्न भएको छ । ट्रकमा सामान लोड गरी लैजान खोज्दा स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले कडा अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो । शुक्रबार दिउँसो सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा कार्यालयका सामानहरू ट्रकमा […]