अमेरिकाको जस्टिस डिपार्टमेन्टले सोमबार तीन राज्यहरू-कनेक्टिकट, न्यूयोर्क र भर्मोन्ट-विरुद्ध मुद्दा दायर गरेको छ। ती राज्यहरूले सार्वजनिक कलेज तथा विश्वविद्यालयहरूमा कागजातविहीन आप्रवासीहरूलाई राज्यका स्थायी बासिन्दा सरह छुट दरमा अध्ययन सुविधा उपलब्ध गराइरहेका थिए। जस्टिस डिपार्टमेन्टका अनुसार ती नीतिहरू असंवैधानिक छन्, सङ्घीय कानूनको उल्लङ्घन गर्छन् र अन्य राज्यबाट आएका अमेरिकी नागरिकहरूमाथि भेदभाव गर्छन्, जसले अध्ययनका लागि हजारौँ […]