सरकारी ऋण लगानीको झन्डै आधा उठ्न बाँकी

महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म नेपाल सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख रूपैयाँ रहेकोमा उठाउन बाँकी भाखा नाघेको ऋणको सावाँ २ खर्ब ५९ अर्ब १९ करोड ९७ लाख रूपैयाँ पुगेको हो।