काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर सभापति लामिछानेले दिवंगत नेता श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका हुन्। त्यस अवसरमा उनले शोकसन्तप्त परिवारजन तथा कांग्रेस पंक्तिप्रति समवेदना प्रकट गरेका छन्। नेपाली राजनीतिमा लामो […]