जल तथा मौसम विज्ञान विभागले आगामी साताभर देशभर मनसुनी गतिविधि सक्रिय रहने र साताको मध्यतिर विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। विभागले बाढी, पहिरो, डुबान तथा नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विभागकी मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि […]