इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि पश्चिम एशियामा तनाव थप चर्किएको छ । यसबाट विश्व व्यापारमा असर पर्ने चिन्ता बढेको छ । हुथी समूहले शनिबार दक्षिणी इजरायलका ‘संवेदनशील सैन्य स्थलहरू’ लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरेको छ । यद्यपि इजरायली सेनाले यमनबाट प्रहार गरिएको एक मिसाइललाई अवरोध गरेको जनाएको छ […]