काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ । उपत्यकाका खोला छेउमा सार्वजनिक जग्गा अतिक्रमणका साथै मापदण्ड विपरीत बनाइएका संरचना बनाउने कार्यलाई प्राधिकरणले तीव्रता दिएको हो । यसै क्रममा प्राधिकरणले बिहीबार काठमाडौँ महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अनधिकृत संरचनामा डोजर चलाएको हो […]