“चुनावमा कांग्रेसको पुरानै नेतृत्व लिएर गएको भए जनताले लखेट्ने रहेछन्,” २ फागुनमा काठमाडौंको बत्तिसपुतलीमा सिन्धुलीका पत्रकारहरूको जमघटमा सिन्धुली क्षेत्र नं १ का कांग्रेस उम्मेदवार उज्ज्वल बरालले भनेका थिए। सिन्धुलीका मतदातासँग घरदैलो कार्यक्रम गरेर राजधानी आएका बरालको यो ताजा अनुभवले कांग्रेसको पुरानो नेतृत्वसँग जनता र मतदाता रिसाएको झलक दिन्थ्यो। तर २१ फागुनको चुनावमा कांग्रेस नयाँ नेतृत्व […]