काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही-३ मा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ । पार्टीका उम्मेदवार अनुशासनको कारबाहीमा परेकाले प्रलोपाले रुपन्देही-३ मा एमालेका उम्मेदवार घिमिरेलाई सघाउने निर्णय गरेको हो । पार्टीले प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्ना नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेको छ । पार्टीका क्षेत्रीय […]