गोलबजार– आठौँपटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक सिरहा खण्डको हुलाकी सडक स्तरोउन्नति अझै काम पूरा भएको छैन । १९ करोड १४ लाखमा ३७ हजार १६७ रुपैयाँ (भ्याटसहित) लागतमा साढे पाँच किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएका धुकुछु कन्स्ट्रक्सन प्रालि बुद्धनगर काठमाडौँले अहिलेसम्म ८५ प्रतिशत काम मात्रै गरेको छभने वित्तीय प्रगति ६३ दशमलव […]