सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव

काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयबाट यादवलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् । महोत्तरीको प्रमुख जिल्ला अधिकारी रहेका यादव गत मङ्सिर ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । विभागका यसअघिका महानिर्देशक निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख […]