पोलियो उन्मूलनको सन्देश फैलाउन शनिबार काठमाडौँ उपत्यकाका सात विश्व सम्पदा स्थल जोड्ने साइकल र्याली आयोजना गरिएको छ। विश्व पोलियो दिवसका अवसरमा आयोजित र्यालीमा ५०० भन्दा बढी साइकल यात्री सहभागी भएका थिए। रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरेको हो। र्यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकल यात्री तथा […]