उपसचिवमा पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सोसरह पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, कानुन समूह, न्याय सेवा, न्याय समूहका उम्मेदवारलाई अन्तिम योग्यताक्रम कायम गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो।