ग्यास लुकाए तत्काल कारबाही, बढी मूल्य लिए कालोबजारीको मुद्दा चलाउने प्रशासनको चेतावनी

काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विक्रेतालाई ग्यास ल्याएकै दिन बिक्री गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार अत्यन्त जरुरी सूचना जारी गर्दै ग्यास विक्रेताले उद्योग वा डिलरबाट ग्यास प्राप्त गर्नासाथ जुनसुकै समयमा भए पनि उपभोक्तालाई बिक्री गर्नुपर्ने जनाएको हो। […]