‘देउवा आए १५औँ महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता उहाँले नै गर्नुहुन्छ’ : सहमहामन्त्री राणा

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनमा सहभागी हुन आए उद्घाटन सत्रको अध्यक्षता गराउन आफूहरू तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले महाधिवेशन प्रक्रियामा केही नेता तथा क्रियाशील सदस्य सहभागी नभएको अवस्थालाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने बताएका हुन्। उनका अनुसार पार्टीभित्र असन्तुष्ट पक्षले उठाएका माग सम्बोधनका […]