काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले काठमाडौँमा प्रदर्शन सुरु गरेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको आकस्मिक बैठक चलिरहेका बेला कार्यकर्ताले काठमाडौँको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरेका हुन् । शनिबार बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।