नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अपराह्न २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथका लागि सांसदहरू सिंहदरबारमा पुगेका छन् ।