अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा सरोकारवालाको जोड

अब बन्ने सरकारको प्रमुख प्राथमिकता जनताको औषधि उपचार हुनुपर्ने बताउँदै डा. कार्कीले औषधि ऐन संशोधन गरेर नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिन्। गुणस्तरीय औषधि नागरिकको पहुँचमा पुगेको छ कि छैन भनेर नियमन गरिनुपर्ने र नागरिकको सेवालाई सहज बनाउन नसक्ने समितिहरूलाई खारेज गरिने समेत उनले चेतावनी दिइन्।