काठमाडौं । मुस्ताङको बारागाउँ मुक्तिनाथ क्षेत्रमा सञ्चालन भएको पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता रसुवाका छेवाङ र नुवाकोटकी संगिता च्याम्पियन बनेका छन् । नेपाल स्की संघको आयोजनामा यही माघ २० गतेदेखि २४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको नतिजाअनुसार पुरुष सिनियरतर्फ रसुवाका छेवाङ मिंगुर तामाङले प्रथम स्थान हासिल गरे भने झापाका समिप लामिछाने दोस्रो र दोलखाका पुन्दरीक पाण्डे […]