आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ। निर्वाचन आउन अब ६० दिन मात्र बाँकी रहँदा आयोगले सरकारी, अर्धसरकारी तथा सार्वजनिक निकायलाई राजनीतिक गतिविधिमा संलग्न हुन नपाइने स्पष्ट व्यवस्था गरेको छ। आचारसंहिताअनुसार कुनै पनि सरकारी वा अर्धसरकारी निकाय, सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय […]