काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा प्रस्तावित चलचित्र छायांकन स्टुडियो ‘सिनेपा’ निर्माणका लागि वैकल्पिक डिजाइन र स्थानबारे पुनः अध्ययन गर्न निर्देशन दिएका छन् । बनेपा नगरपालिका-१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित निर्माणस्थलको बुधबार निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले वातावरणीय प्रभाव, स्थानीय समुदायको हित र राष्ट्रिय आवश्यकताबिच सन्तुलन […]