दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो, वर्षाले नोक्सानी गर्ने चिन्ता

दसैँको चहलपहल बढिरहेका बेला बाँकेका किसानलाई भने पाकेको धान सुरक्षित भित्र्याउने चटारो छ। गत साताको वर्षाले धान काट्ने काम रोकिएपछि मौसम खुलेको समय उपयोग गर्दै किसान बाली स्याहार्न जुटेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापाले फेरि वर्षा भए पाकेको धानमा नोक्सानी हुने चिन्ताले दसैँको तयारीभन्दा खेतको कामलाई प्राथमिकता दिएको बताए। “असारे हिलोमा बगाएको पसिना […]