अभावबाट उठेर जर्मनीमा करिअर बनाइरहेकी अनु

उनले एक जर्मन लगानीकर्ताले खोलेको कम्पनीमा काम पाएकी थिइन्। त्यहाँ उद्यमशीलता सम्बन्धी अनुसन्धान हुन्थ्यो। तालिम दिइन्थ्यो। 'त्यहाँ काम गर्ने जर्मन नागरिक निकै मेहनती र सहयोगी स्वभावका थिए। त्यही बेलादेखि नै मलाई जर्मनी जान मन भयो,' उनले सुनाइन्।