अनमोलको दाबी : जेरी अन टपको व्यापार १२ करोड

काठमाडौं– असोज ३१ बाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ले १२ करोडमाथि व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ । नायक अनमोल केसी र निर्माता सरोज न्यौपानेले फिल्मले सुरुवाती १० दिनमा १२ करोड ग्रस कलेक्सन गरेको सामाजिक सञ्जालमा दाबी गरेका हुन् । विश्वव्यापीरुपमा यो फिल्मको ग्रस कलेक्सन उक्त रकम बराबर पुगेको उनीहरुको दाबी छ । […]