परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच रहेका सीमालगायत विषयको समाधान वार्ता र कूटनीतिक संयन्त्रमार्फत खोजिने बताएका छन् । भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतसँगको सिमानालगायत विषयमा दुई देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्धमा सोधिएको जिज्ञासामा […]